हर्क साम्पाङको चेतावनी- संबिधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्छ
२२ आषाढ़, २०८३, सोमवार
- उनले भने- 'संविधानका संशोधन गर्नुपर्छ भन्ने कुराहरुमा कुराकानी भैरहेका छन् । संविधानका आधारभूत तीन कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि हुनेगरि दखलअन्दाजी गर्न खोजियो भने फेरी देशमा दुर्घटना हामीले जानेर वा नजानेर दुर्घटना निम्त्याउन पुग्नछौं ।'
काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संबिधानका तीन आधारभूत कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि गरेमा देश दुर्घटनामा पर्ने चेतावनी दिएका हुन् ।
उनले भने- 'संविधानका संशोधन गर्नुपर्छ भन्ने कुराहरुमा कुराकानी भैरहेका छन् । संविधानका आधारभूत तीन कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि हुनेगरि दखलअन्दाजी गर्न खोजियो भने फेरी देशमा दुर्घटना हामीले जानेर वा नजानेर दुर्घटना निम्त्याउन पुग्नछौं ।'
साथै उनले त्यसो गरिएमा विगतमा भएका गल्ति दोहोरिने चेतावनी दिदै संबिधान संशोधनमा सजक हुन आग्रह गरेका छन् । उनले यी तीन कुरा बाहेक अन्यमा के के परिवर्तन गर्ने हो, छलफल गरेर गर्न सकिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।